माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता जारी छ ।

कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा भेटवार्ता भइरहेको समाचार स्रोतले जानकारी दिएको छ । भेटघाट पौने दुई बजेदेखि जारी रहेको स्रोतको दाबी छ ।

यसअघि अध्यक्ष प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमै चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको थियो । २३ फागुनमा अदालतले नेकपा एकता बदर गर्दै पूर्व घटकलाई पूर्ववत् पार्टीमा फर्काउने निर्णय गरेयता प्रचण्ड–नेपाल नियमित संवादमा छन् ।

२३ फागुनको अदालतको निर्णयबाट असन्तुष्ट उनीहरू पुनरावलोकनमा जाने विषयमा पनि परामर्शमा छन् । दुई नेताबीचको छलफललाई अर्थपूर्णमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस