संविधानसभा सदस्य भण्डारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संविधानसभा सदस्य भण्डारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


१६ चैत्र २०७७, सोमबार


नेपाली काङ्ग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएएकी थिइन् ।

स्व. भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । भण्डारीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस