थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाँदै


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्। आज अपरान्ह ५ः३० बजे नेपाल र बंगालदेशबीच हुने हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले खेलपछि विजयी टिमलाई पुरस्कार वितरण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल समूह चरणमा भएका दुवै खेलमा गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो। बंगलादेशले भने किर्गिस्तानको यु–२३ टिममाथि १–० को जित निकालेको थियो।

कोरोना भाइरसका कारण दशरथ रंगशालामा तय भएको विश्वकप छनोटका खेल पटक–पटक स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको आयोजना गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस