म्यानमारमा सेनाको आक्रमणपछि तीन हजार नागरिक शरण खोज्दै भागेर थाइल्याण्ड पुगे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

म्यानमारमा सेनाको आक्रमणपछि तीन हजार नागरिक शरण खोज्दै भागेर थाइल्याण्ड पुगे


एजेन्सी

१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । म्यानमारका तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका छन् । आइतबार म्यानमारको दक्षिणपूर्वी राज्य करेनमा सेनाले हवाई आक्रमण गरेपछि त्यहाँका तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका हुन् ।

म्यानमारको सेनाले धार्मिक सशस्त्र समूहको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा आक्रमण गरेपछि त्यहाँका मानिसहरू शरण खोज्दै थाइल्याण्ड पुगेका बताइएको छ । तरल थाइल्याण्ड सरकारले भने त्यसबारे केही बोलेको छैन ।

सेनाले गरेको बरबर दमनविरुद्ध पश्चिमा मुलुकहरुले निन्दा गरेको छ ।

म्यानमारको सेनाले मृत्यु भएकाहरूको अन्त्येष्टिमा गएका नागरीकहरूमाथि पनि गोली चलाएको थियो । म्यानमारमा सैनिकको दमनविरुद्ध निरन्तर आन्दोलन र प्रदर्शनहरू भइरहेका छन् । आइतबार सुरक्षाकर्मीबाट थप १३ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

हालसम्म म्यानमारमा सेनको आक्रमणमा परी ४५९ जनाको मृत्यु भइसकेको छ । २५ सय भन्दा बढी पक्राउ परेका छ ।

त्यसअघि शनिवार मात्रै सेनाको आक्रमणमा परी ११४ जनाको मृत्यु भएको थियो ।

म्यानमारको सैनिक शासनबारे अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस