होली खेल्दा एसिड छ्यापियो, एक किशोरीसहित तीन घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

होली खेल्दा एसिड छ्यापियो, एक किशोरीसहित तीन घाइते


प्रशासन संवाददाता

१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । होली खेल्ने क्रममा एसिड छ्यापिदा तीन जना घाइते भएका छन् । शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।

किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेपछि घाइते भएका उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।

डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा रहेको र होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस