बलिउड अभिनेत्री कंगनालाई मानहानि मुद्दामा जमानत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलिउड अभिनेत्री कंगनालाई मानहानि मुद्दामा जमानत


१६ चैत्र २०७७, सोमबार


मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतलाई मुम्बईको अन्धेरी अदालतले मानहानी मुद्दामा जमानत दिएको छ ।

कंगनाले गीतकार जावेद अख्तरद्वारा दर्ता गरेको मानहानि मुद्दामा जमानत पाएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ ।

यसअघि, कंगनाले अदालतमा हाजिर भएर आफूविरुद्धको जमानत वारेन्ट रद्द गर्न माग गरेकी थिइन् । जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

उजुरीमा कंगनाले समाचार च्यानलहरुमा आफूविरुद्ध गलत बयान दिँदै बदनाम गर्न खोजेको उल्लेख थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस