म्यानमारको सैन्य दमनविरुद्ध बोले १२ देश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

म्यानमारको सैन्य दमनविरुद्ध बोले १२ देश


एजेन्सी

१६ चैत्र २०७७, सोमबार


यांगुन । अमेरिका, जापान र अस्ट्रेलियासहित १२ देशले म्यानमारमा सेनाले गरेको रक्तपातको संयुक्त रूपमा विरोध गरेका छन्।

ती देशका रक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेमध्ये अमेरिका, जापान र अस्ट्रेलियाले भनेका छन्, ‘सेनाले अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्दछ र आफूले सेवा गर्ने जनतालाई हानी पुर्‍याउने होइन उनीहरूका सुरक्षाका लागि जिम्मेवार रहन्छ।’

सेनाले शनिबार ४० भन्दा बढी स्थानमा गोली प्रहार गर्दा सयभन्दा बढी प्रदर्शनकारी मारिएका थिए। अमेरिकाले म्यानमारको सुरक्षा फौजलाई ‘आतंकको शासन’को संज्ञा दिँदै शनिबारलाई कू पछिकै सबैभन्दा भयानक दिन भनेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शनिबारको घटनाले सैन्य शासकहरू केही व्यक्तिको फाइदाका लागि नागरिकको जीवनमाथि धावा बोलिरहेको बताए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले घटनाले आफू मर्माहत भएको बताए।

शनिबार हिंसाकै बीच सेना प्रमुखले सेना दिवस मनाउने क्रममा ठूलो भोजको आयोजना गरेका थिए। शनिबार मारिएका प्रदर्शनकारीको अन्त्येष्टिमा भेला भएकाहरूमाथि आइतबार सुरक्षा फौजले गोली प्रहार गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस