प्रदेश २ को प्रदेशसभा बैठक आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ को प्रदेशसभा बैठक आह्वान


१५ चैत्र २०७७, आइतबार


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक बस्ने भएको छ ।

आइतबार प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजे पाँचौँ अधिवेशनको आह्वान गरेका हुन् ।

लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै काँग्रेस सांसद नरेश यादवले प्रदेशसभा नै विघटन गर्न माग गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस