एमाले बागमती प्रदेश संसदीय दलको बैठक बुधवार बस्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले बागमती प्रदेश संसदीय दलको बैठक बुधवार बस्ने


१५ चैत्र २०७७, आइतबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेश सभा संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन्।
चैत १८ गते(बुधवार) बस्ने गरी बोलाएको बैठकमा संसदमा पेस भएको अविश्वासको प्रस्तावका सन्दर्भमा छलफल हुने बताइएको छ ।
मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि संसदमा छलफल हुन सकेको थिएन।
तत्कालीन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
प्रदेश सभाका ११० सदस्यमध्ये एमालेका मात्र ५८ जना सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस