गोलीसहित युवक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोलीसहित युवक पक्राउ


१५ चैत्र २०७७, आइतबार


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस