चैत २३ गते प्रदेश १ को संसद बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चैत २३ गते प्रदेश १ को संसद बैठक


प्रशासन संवाददाता

१५ चैत्र २०७७, आइतबार


काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभा बैठक आउँदो चैत २३ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीका अनुसार यसअघि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको बैठक २३ गते दिउँसो २ बजे बस्न लागेको हो । यसअघि गत फागुन ११ गते बसेको सभाको बैठकले संसदीय दलको विधान पारित गरेको थियो ।

त्यस्तै संसदीय बोर्ड गठन गरेको थियो । यसैगरी दलका नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस