जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान


१५ चैत्र २०७७, आइतबार


बनेपा । जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ ।

नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन्।

सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिएका थिए। अझै पनि ओछ्यानमै उपचार गराइरहेका उनलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याएका थिए।

सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिएकी थिइन् । मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उनले बताइन् । मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उनले बताइन् ।

बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस