वडाअध्यक्षको निधनमा भीमदत्त नगरपालिकामा विदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडाअध्यक्षको निधनमा भीमदत्त नगरपालिकामा विदा


१४ चैत्र २०७७, शनिबार


कञ्चनपुर । भीमदत्त नगरपालिका–५ का वडाअध्यक्ष मदनबहादुर चन्दको निधनमा एक दिन बिदा दिने निर्णय गरिएको छ ।

नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते बिदा दिने निर्णय गरिएको हो । वडा अध्यक्षको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक स्वरुप बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले बताए ।

वडाअध्यक्ष चन्दको शुक्रबार बेदकोट नगरपालिका–६ चुनेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याएको र उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस