स्रोत नखुलेको साढे ३० लाख नगदसहित दुई पक्राउ « प्रशासन
prasaLogo
१४ चैत्र २०७७, शनिबार

स्रोत नखुलेको साढे ३० लाख नगदसहित दुई पक्राउ


प्रकाशित मिति : 27 March, 2021 7:04 pm

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विशालबजार नजिकबाट स्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ वर्षीय गणेश पाण्डे लगायत २ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई साढे ३० लाखसहित रकमसहित पक्राउ गरेको हो।

साथै, उनीहरूको साथबाट दरौदी बहुउद्धेश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउद्धेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ।

उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस