गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु


१४ चैत्र २०७७, शनिबार


गोरखा । गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज स्थानीयवासी एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिए ।

बाह्रकिलो बजारबाट दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफैँ चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।

ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो । ट्रयाक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस