बाजुरामा मानिस भेला हुन निषेध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुरामा मानिस भेला हुन निषेध


१४ चैत्र २०७७, शनिबार


बाजुरा। जिल्ला प्रशासन कार्यालय बाजुराले होलीलगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भिडभाड गर्न र मानिसहरुहरु भेला जुलुस गर्न निषेध गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै गएराति १२ बजेबाट सो निषेध गरेको हो ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा सङ्क्रमण रोग ऐन २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी निषेधाज्ञा जारी गरीएको प्रशासन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस