म्यानमारमा सैन्य कु विरूद्ध व्यापक प्रदर्शन, शनिबार ५० प्रदर्शनकारीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्यानमारमा सैन्य कु विरूद्ध व्यापक प्रदर्शन, शनिबार ५० प्रदर्शनकारीको मृत्यु


एजेन्सी

१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । म्यानमारमा सैन्य कु विरुद्ध शनिबार भएको प्रदर्शनमा ठूलो संख्यामा हताहती भएको छ । सैन्य सरकारले प्रदर्शनकारीमाथि कडा दमन गरिरहेको छ ।

शनिबार म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा सैन्य कुविरुद्ध हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यसैगरी म्यानमारको दोस्रो शहर मण्डालेमा पनि व्यापक प्रदर्शन भएको छ ।रोयटर्सका अनुसार शनिबारको प्रदर्शनमा सुरक्षा बलले गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

गत फेब्रुअरी १ मा म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन भइरहेको छ । सैन्य कु विरुद्धको प्रदर्शनमा हालसम्म ३५० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस