सचिन तेन्दुलकरलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिन तेन्दुलकरलाई कोरोना सङ्क्रमण


एजेन्सी

१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

सचिनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन्।

उनले कोरोनाबाट बच्न आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि सङ्क्रमित भएको बताएका छन्। सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्। उनको परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस