श्रद्धाञ्जलीका निम्ति कांग्रेस नेता जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रद्धाञ्जलीका निम्ति कांग्रेस नेता जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय सानेपामा राखिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायतले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिएका छन्।

श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यलयमा नेतारकार्यकर्ताको घुइँचो छ। यसअघि उनको निवासमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। उनको अन्तिम संस्कारको लागि पशुपति आर्यघाटमा लगिँदै छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुका निधन भएको हो। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको हो।

जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। जोशीको उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको टोली सक्रिय थियो।

जोशीका श्रीमती र एक छोरी छन्।

 

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस