दुई अर्ब ७३ करोड बिगोसहित नौ कम्पनीविरुद्ध मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई अर्ब ७३ करोड बिगोसहित नौ कम्पनीविरुद्ध मुद्दा


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गर्ने नौ कम्पनी विरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीहरूबाट दुई अर्ब ७३ करोड भन्दा बढी असुल उपर गरी सञ्चालकलाई कैद माग दाबीसहित मुद्दा दायर गरिएको हो।

विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न आरजु इन्टरनेशनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेष्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एण्ट एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआइसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ ।

किशोरी यादवले विभिन्न कम्पनी खडा गरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरी राजस्व छली गरेको हुँदा दुई अर्ब १७ करोड बढीको बिगो दावीसहति मुद्दा दायर गरिएको हो । यस्तै, चमारलाई २७ करोड ६३ लाख भन्दा बढी बिगो दावीसहति मुद्दा दायर गरिएको विभाग जनाएको छ ।

त्यसैगरी विभागका अनुसार हजाराविरुद्ध १० करोड १२ लाख, झालाई १० करोड १० लाख, सुरेशलाई ७ करोड ७९ लाख र कार्कीविरुद्ध ४३ लाख भन्दा बढी बिगो दावीसहति मुद्दा दायर गरिएका हो ।

नक्कली मुल्य अभिवृद्धि कर बिजक (भ्याट बिल)मार्फत ठगी गरेका उनीहरूमाथि माल वस्तु खरिद तथा आयात नै नगर्ने र झुटा विवरण देखाउने जस्ता कसुर गरेको आरोप लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस