भारतीय राष्ट्रपति अस्पताल भर्ना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय राष्ट्रपति अस्पताल भर्ना


१४ चैत्र २०७७, शनिबार


नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन् ।

छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । ‘राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो, उनले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो,’ अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहनु भएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन्।

विदेश भ्रमणमा रहेपनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए । उनले राष्ट्रपतिका छोरासँग उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।

प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उनको अवस्थाका बारेमा कुराकानी गरेको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस