‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को लोकार्पण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को लोकार्पण


१४ चैत्र २०७७, शनिबार


झापा । भाषाविद् चुडामणि रेग्मीको ‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को आज लोकर्पण गरिएको छ । विर्तामोडमा भएको कार्यक्रममा साहित्यकार सरोज ओलीले सोको लोकार्पण गरेका हुन् । साहित्यका विविध विधामा कलम चलाउन सक्षम रेग्मीले समालोचनामा आलोचनात्मक शैलीको प्रस्तुति नगरेकै कारण सबैलाई सँगसँगै लिएर हिँड्ने साहित्य क्षेत्रको पाठशाला भएको उनको भनाइ थियो ।

साहित्यकार होम सुवेदी, पुण्यप्रसाद खरेल र हरिनारायण भट्टराईले सम्पादन गरेको कृतिका बारेमा सम्पादकद्वय होम सुवेदी र पुण्यप्रसाद खरेलले धारणा राखेका थिए। कार्यक्रममा स्रष्टा रेग्मीले ग्रन्थावली निकाल्ने आफ्नो इच्छा पूरा गरिएकामा प्रकाशक तथा सम्पादन मण्डललाई धन्यवाद दिँदै बुढ्यौलीका कारण अब कृति प्रकाशनमा ल्याउन कठिन हुने धारणा व्यक्त गरे ।

रेग्मीको लोकार्पित पछिल्लो ग्रन्थावली आफ्नो ८४औँ जन्मोत्सवका रुपमा आएको लेखक्यौलीमा उल्लेख गरिएको छ । दुई सय ३२ पृष्ठ लामो ग्रन्थावली भाग–३ को प्रकाशन जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस