सङ्घसँग कोरोना खोप माग्ने कर्णाली प्रदेश सरकारको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्घसँग कोरोना खोप माग्ने कर्णाली प्रदेश सरकारको निर्णय


१३ चैत्र २०७७, शुक्रबार


Karnali

सुर्खेत । कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारसँग कोरोना खोपको व्यवस्थाका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन केन्द्र कर्णाली प्रदेशको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कर्णाली प्रदेशका आम जनतालाई पुग्ने गरी तत्काल खोपको व्यवस्था मिलाई दिन सङ्घीय सरकारलाई सामाजिक विकास मन्त्रालयले अनुरोध गर्ने र सङ्घीय सरकारले उपलब्ध गराउन नसकेमा प्रदेश सरकार आफैँले खोपको पहल गर्ने निर्णय भएको सहभागी एक नेताले बताएका छन् ।

कर्णाली सरकारले प्रदेश प्रवेश सीमा नाकामा भारतबाट आउने नागरिकहरूको स्पष्ट विवरण राख्ने व्यवस्था मिलाउने जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ भने कोभिडबारे जानकारी आदानप्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने, सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्क प्रयोग गर्न बस व्यवसायीलाई अनुरोध गर्ने, सीमा नाकाबाट प्रवेश गरेका र स्वास्थ्य परीक्षण गर्दा कोभिड १९ देखिएका व्यक्तिहरूलाई अनिवार्यरुपमा होम आइसोलेसनमा राख्ने निर्णयसमेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस