पदभार ग्रहण गर्दै मन्त्री राइले भनिन्- कार्यभार धेरै छ, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छौँ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पदभार ग्रहण गर्दै मन्त्री राइले भनिन्- कार्यभार धेरै छ, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छौँ


१३ चैत्र २०७७, शुक्रबार


विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले धेरै कार्यक्षेत्र रहेका मन्त्रालयको काम नयाँ ढङ्गले गरिने बताएकी छिन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले औपचारिक कार्यक्रमको उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने कुरामा जोड दिइन् ।

उनले भनिन्, ‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छौँ ।’ मन्त्री राईले आफूले फरक तरिकाले काम गर्ने सोच बनाएकाले यसमा सबै कर्मचारीको सहयोगको अपेक्षा गर्दै केही नयाँ काम गरौँ भन्ने आफ्नो ध्येय रहेको बताइन् । उनले कोरोना सङ्क्रमण पुनः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न आग्रह गरिन्।

उनले अस्पतालमा धेरै फोहोर हुने गरेको सुत्रमा आएकाले सरसफाइमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै मन्त्रालयलाई उत्कृष्ट बनाउन सबैको साथ र सहयोग चाहिने उल्लेख गरिन् । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्तिलगायतका बारेमा जानकारी गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस