उपत्यकामा एक्कासी वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन र सकेसम्म घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा एक्कासी वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन र सकेसम्म घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ । यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।

मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ

Tags :
प्रतिक्रिया दिनुहोस