काठमाडौँमा बढेको वायु प्रदूषणका कारण हवाई उडान प्रभावित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँमा बढेको वायु प्रदूषणका कारण हवाई उडान प्रभावित


१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा एक्कासी बढेको वायु प्रदूषणका कारण हवाई उडानसमेत प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै प्रभावित भएका छन्। बुद्ध एयरले ‘पुवर भिजिबिलिटी’का कारण उडान प्रभावित भएको जनाएको छ। सामाजिक सन्जालमार्फत उसले आफ्ना सेवाग्राहीमा पुगेको असुविधाप्रति क्षमा पनि मागेको छ।

मौसम विभागले शुक्रबार दिउँसोबाट काठमाडौँको बायुमा धुँवाको मात्र बढेको जनाएको छ। बन विभागले लाङटाङ राष्ट्रिय निकुन्जमा भइरहेको डडेलोले निकालेको धुँवा पश्चिमी बायुले काठमाडौँसम्म ल्याएको हुन सक्ने उल्लेख गरेको छ। वातावरणविद्ले काठमाडौँमा बढेको धुँवाले स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्नेभन्दै अत्यावाश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस