०७८ मा कति पाउँछन् बैङ्कका कर्मचारीले बिदा (सूचिसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

०७८ मा कति पाउँछन् बैङ्कका कर्मचारीले बिदा (सूचिसहित)


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौं । आगामी वर्ष २०७८ मा बैङ्कका कर्मचारीले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्क जनशक्ति व्यवस्थापन विभागले सार्वजनिक गरेको बैङ्कका कर्मचारीले पाउने बिदाको सूचीमा राष्ट्रिय र क्षेत्रीय गरी ३५ दिन रहेको हो ।

यस्तै सरकारले अपर्झट घोषणा गर्ने सार्वजनिक बिदा पनि बैङ्कका कर्मचारीले पाउनेछन् । सार्वजनिक बिदाको सूची अनुसार बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले ०७८ सालको दशैँको बिदा ५ दिन र तिहारको बिदा ४ दिन पाउने भएका छन् । मछिन्द्रनाथ भोटो जात्रा, गाइ जात्रा, इन्द्र जात्रा घोडे जात्रा लगायतमा काठमाडौं उपत्यकाका बैङ्कका कर्मचारीले बिदा पाउनेछन्  छन् ।

यस्तै उभौली पर्व, गौरापर्व, इद उल फित्र, बक्र इद, तमु ल्होसार, सोनाम ल्होसार, घ्याल्बो ल्होसार, क्रिशमस, सिरुवा पवानी पर्व लगायतमा भने सम्बन्धित समुदायका कर्मचारीले मात्र पाउने भएका छन् । अन्य दिन कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म, शुक्रबार साढे १ बजेसम्म र शनिवार बिदा हुने छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस