सीधा हवाई उडानबारे नेपाल–पाकिस्तानबीच छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सीधा हवाई उडानबारे नेपाल–पाकिस्तानबीच छलफल


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ — नेपाल र पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका पर्यटन मन्त्री सइद जुल्फिकर बुखारीबीच भएको भेटवार्तामा दुई मुलुकबीच सिधा हवाई सेवा सञ्चालनको विषयमा सहकार्य गर्ने छलफल भएको हो ।

राजदूत अधिकारीले बिहीबार भएको उक्त शिष्टाचार भेटवार्तामा दुई मुलुकबीचमा पर्यटन प्रवर्द्धन र बौद्ध धर्मसम्बन्धी पर्यटनको विषयमा पनि कुरा भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस