धनुषामा ट्रकको ठक्करबाट असइको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनुषामा ट्रकको ठक्करबाट असइको निधन


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को निधन भएको छ ।शुक्रबार (आज) बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको निधन भएको प्रहरीले बताएको छ ।

लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका–१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनको निधन भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए।

ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत असइ कापर बिहान जनकपुरतर्फ आउँदै गर्दा ट्रकले ठक्कर दिएको हो । उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस