तीन महिनामै हेडक्वार्टर तानिए एसपी तिमल्सिना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तीन महिनामै हेडक्वार्टर तानिए एसपी तिमल्सिना


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमल्सिनालाई कारबाही स्वरूप हेडक्वार्टर तानेको छ। तिमल्सिना पुस २१ गते मात्रै सिन्धुली सरुवा भएका थिए।

कमजोर कार्यक्षमता, आन्तरिक तथा बाह्य रूपमा समय अनुकूलको सेवा दिन नसकेकाले उनको काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । तिमल्सिनाको ठाउँमा सर्वोच्च अदालत सुरक्षामा खटिएका प्रहरी उपरीक्षक गोविन्द थपलियालाई पठाइएको छ।

त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत तिमल्सिनालाई रञ्जु सिग्देलको ठाउँमा सिन्धुली जिल्लाको जिम्मेवारी दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस