योगेशकाे आग्रह: ‘एमाले फुट्न थाल्यो, सबै मिलेर रोकौँ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

योगेशकाे आग्रह: ‘एमाले फुट्न थाल्यो, सबै मिलेर रोकौँ’


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत थोरै लचकताबाट पनि यो सम्भव रहेको उनको तर्क रहेको छ ।

पार्टी विभाजन हुनबाट बचाउन सबैले सक्दो प्रयास गर्नुपर्ने उनको भनाई रहेको छ । ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ’, उनले भनेका छन्, ‘बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा कोरिन थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस