सुदूर पश्चिम प्रदेशका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य उपस्थितिका लागि पत्राचार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूर पश्चिम प्रदेशका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य उपस्थितिका लागि पत्राचार


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । सुदूर पश्चिम प्रदेशका स्थानीय तहहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै ०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा उपस्थित हुन पत्राचार गरेको हो ।

मन्त्री र सचिवसहितको उपस्थितिमा चैत १९ गतेदेखि फागुन २१ गतेसम्म धनगढीको रुवस होटेलमा हुने कार्यक्रमका लागि आफ्नो प्रस्तुतीकरणसहित १९ गते बिहीबार दिउँसो १२ः३० बजे कार्यक्रम स्थलमा उपस्थित हुन भनेको छ । सो कार्यक्रमको खाना, खाजा र आवासको व्यवस्था आयोजकबाट हुने र दैनिक तथा भ्रमण खर्च आयोजकबाट नव्यहोरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले प्रदेशका सबै जिल्ला समन्वय अधिकारीहरूलाई पनि उपस्थित हुन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस