एमालेमा गएका दुई सांसदलाई माओवादी केन्द्रको २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेमा गएका दुई सांसदलाई माओवादी केन्द्रको २४ घण्टे स्पष्टीकरण


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।

न्यौपाने र पन्थीलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् ।

बिहीबार संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको केन्द्रको संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस