माधव नेपालले बुझाए १३ बुँदे जवाफ (पुर्णपाठसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपालले बुझाए १३ बुँदे जवाफ (पुर्णपाठसहित)


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ बुँदे जवाफ बुझाएका छन्। ओलीले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ नेता नेपालले​ बिहीबार दिएका हुन्।

नेपालले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको भन्दै उनीमाथि नै कारवाही गर्नुपर्ने जिकिर गरेका छन्।

‘तपाईले गर्नुभएका गतिविधिहरू नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय ७ का विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारवाही गरिनुपर्ने प्रकृतिको देखिन्छ’ नेता नेपालले जवाफमा भनेका छन्।

उनले अगाडि भनेका छन्,‘दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणको आरम्भदेखि सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलासम्म आइपुग्दा तपाईले पार्टी विधान, निर्णय र अनुशासन उल्लंघन गरेका धेरै परिघटना र विषय छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस