करोडौँको स्रोत नखुलेपछि नक्कली यातायात व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

करोडौँको स्रोत नखुलेपछि नक्कली यातायात व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


सम्पत्ति शुद्धीकरण

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यातायात व्यवसायीको भेषमा आर्जन गरेको करोडौँ रुपैयाँको स्रोत नखुलेका एक नक्कली यातायात व्यवसायी र उनकी श्रीमतीविरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

रामबहादुर लामा र उनकी श्रीमती कान्छी लामाले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले ७ करोड १२ लाख ८१ हजार ७ सय २७ रुपैयाँ ६७ पैसा बिगो र त्यसको दोब्बर जरिवाना दाबी गर्दै मुद्दा दायर गरेको हो ।

त्यसै गरी गैर कानुनी सम्पत्ति र आर्जनको स्रोत लुकाउन विभिन्न हर्कत् गरेको अभियोगमा निजहरूलाई ६९ लाख ५० हजार पाँच सय बिगो कायम गरी दोब्बर रकम जरिवाना समेत माग गरिएको छ । विभागले उनीहरूलाई २ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ भने सम्पूर्ण चल अचल सम्पत्ति जफत हुन माग दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस