बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, सचिवमा बढुवा हुनसक्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, सचिवमा बढुवा हुनसक्ने


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा ५ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि मात्रै सुरु भएको हो ।

नियमित बैठकमा समसामयिक विषय छलफल तथा निर्णयसँगै केही प्रशासनिक निर्णयसमेत हुन सक्ने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

केही दिन अघि बसेको सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद९विशिष्ट श्रेणी० का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

लोक सेवा आयोगका तत्कालिन अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम सिफारिस गरेको थियो ।

आजको मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस