करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्न विवरण संकलन सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्न विवरण संकलन सुरु


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । सरकारले सार्वजनिक निकाय अन्तरगतका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीको विवरण सङ्कलनको काम सुरु गरेको छ ।

सरकारी निकायमा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि गठित कार्यदलको चैत ३ गतेको बैठकले विवरण मागेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० वटा मन्त्रालयबाट विवरण सङ्कलनको काम सुरु गरेको हो ।

ती मन्त्रालय मातहतका निकाय, कार्यालय र आयोजनामा रहेका स्वीकृत अस्थायी दरबन्दीमा रहेका कर्मचारीको विवरण नियुक्ति मिति र आयोजनाको अवधि समेत पठाइदिनका लागि परिपत्र गरिएको मन्त्रालय सहसचिव समेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंहले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७७(०७८ मा प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नम्बर दुई सय ८६ मा सार्वजनिक निकाय अन्तर्गतका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने आबद्ध गराउने भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस