नेपालमा तत्काल लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा तत्काल लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि नेपालमा तत्काल लकडाउन नहुने प्रष्ट्याएका छन् । स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले कडाइ गर्ने उनले बताए ।

कोभिड-१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने तर लकडाउन र सीमानाका बन्द नगर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्नुपर्ने आवश्यकता छ, उनले भने, ‘त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस