जातिय छुवाछुतमा कुशलको ‘सनिसार’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जातिय छुवाछुतमा कुशलको ‘सनिसार’


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौं । लोक गायक कुशल बेलबासे र गायीका पुर्णकला बिसीको कर्णप्रिय स्वरमा सजिएको सनिसार सार्वजनिक भएको छ । उक्त गीत केहि समय अगाडि मात्र शिशिर पौडेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका लोकप्रिय र व्यस्त गायक तथा सर्जक बेलबासेले उक्त गीतको शब्द तथा संगीत भरेका हुन्, भने गीतमा विश्वास नेपालको एरेञ्ज गरेका हुन् ।

गीतमा मोडलद्धय शिशिर पौडेल र सारिका के सी फिचर्ड छन् । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने, विष्णु शर्माले सम्पादन गरेका हुन् ।

२१ औँ सताब्दीमा आइसक्दा पनि जातिय छुवाछुत जिवितै छ । त्यहि जातिय छुवाछुतलाई बेलबासेले यस गीतमा उतारेका छन् । गीतमा एउटा बाहुनको छोराले दलितको छोरीलाई प्रेम गर्दा समाजबाट भोग्नु परेको तिरस्कारलाई प्रस्तुत गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस