माइतीघर पुगेर गृहमन्त्रीले थापाले भने-रेशम चौधरी रिहाइ बारे वार्ता गरौँ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माइतीघर पुगेर गृहमन्त्रीले थापाले भने-रेशम चौधरी रिहाइ बारे वार्ता गरौँ


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भई कारागार चलान भएका रेशम चौधरीको रिहाइको माग गर्दै दिइएको धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगेका छन् ।

नयाँ सत्ता समीकरणका लागि चौरीको रिहाइलाई जसपाले सर्त बनाइरहेका बेला माइतीघर मण्डलामा उनको रिहाइका लागि दैनिक एक घण्टा धर्ना दिइरहेको छ ।

थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् ।

मन्त्री थापाले उनीहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। ‘जतिसक्दो छिटो समाधान गर्न सरकार लागिपरेको छ। यसलाई संवाद र वार्ताकै माध्यमबाट हल गर्नुपर्छ,’ उनले भने।

२०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित ७ प्रहरीको हत्या भएको थियो । चौधरीलाई उक्त घटनाको दोषी ठहर्‍याएको थियो ।

थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस