मुस्लिम समुदायद्वारा पाँच दिन बिदा माग « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मुस्लिम समुदायद्वारा पाँच दिन बिदा माग


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । मुस्लिम समुदायले सो समुदायको पर्वका लागि पाँच दिन सार्वजनिक बिदा माग गरेको छ ।

मुस्लिम आयोगले २०७८ सालमा सो समुदायका पर्वमा पाँच दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको छ । आयोगको आज बसेको बैठकले नेपाल सरकारद्वारा दिइने सार्वजनिक बिदामा ती पर्वमा बिदा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

आयोगले इद–उल– फित्र, इद–उल–अज्हा, मुहमद जयन्ती, मुहर्रम र शबे बारातमा देशभर सार्वजनिक बिदा दिन माग गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्वमा सार्वजनिक बिदा हुनुपर्नेमा नेपाल सरकारले सम्बन्धित धर्मालम्बीलाई मात्र सार्वजनिक बिदा हुने पर्व विदामा समावेश गरेकोले त्यसलाई सच्याउन आयोगले अनुरोध गरेको छ ।

२०७८ सालमा मुस्लिम समुदायको पर्व बिदा कटौति गरिएकोमा मुस्लिम समुदायको भावनामा ठेस पुगेको आयोगले जनाएको छ । विगतका वर्षहरुमा दिँदै आएका मुस्लिम समुदायका पर्व बिदा नकटाउन पनि आयोगले अनुरोध गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस