डिफेन्डर विराज महर्जन नेपाली फुटबलबाट सन्यास लिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डिफेन्डर विराज महर्जन नेपाली फुटबलबाट सन्यास लिँदै


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिने भएका छन्।

राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्ष पुगेका उनले सन्यास लिने जानकारी दिएका हुन् ।

राजधानीमा जारी थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजले यो प्रतियोगितालाई राष्ट्रिय टिमको अन्तिम प्रतियोगिताको रुपमा लिएको बताए।

सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्।

विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए। उनले ९ वर्ष थ्रीस्टारबाट खेलेपछि २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भइ सन् २०१९ मा मच्छिन्द्र क्लबमा पुगे। उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए।

राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए। अनिल गुरुङले सन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए।

नेपालले बंगबन्धु गोल्डकप, १२औँ साग र सोलिडारिटी कप जित्दा विराज मैदानमा कप्तानको भूमीकामा थिए।

Tags :
प्रतिक्रिया दिनुहोस