सन्दीपले इंग्ल्यान्डको ‘भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सन्दीपले इंग्ल्यान्डको ‘भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्दै


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ। सन्दीप लामिछानेले इङ्ल्यान्डको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता ‘भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्ने भएका छन् । इंग्ल्यान्डको घरेलु लिग नेपाली राष्ट्रिय टोलीका खेलाडी लामिछानेले खेल्ने पक्का भएको हो ।

सन्दीपले वोर्सेस्टरशायर र्‍यापिड्सबाट पहिलोपटक टी–ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् । र्‍यापिड्सले सन्दीपलाई सन् २०२१ को सिजनका लागि अनुबन्ध गरेको हो ।

टी–ट्वान्टी ब्लास्ट २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस