डिजेल र पेट्रोल भारत तस्करी गरेको आरोपमा ६ महिनामा ८४ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डिजेल र पेट्रोल भारत तस्करी गरेको आरोपमा ६ महिनामा ८४ जना पक्राउ


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ६ महिनाको अवधिमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।

बुधवार भारतीय गृह मन्त्रालयले त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारत भन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको भारतको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस