नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर हुने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर हुने तयारी


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर हुने भएको छ । चैत २० गते बोलाइएको केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने तयारी गरेको बताइएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गरिने एक नेताले जानकारी दिएका छन् ।

काँग्रेसको महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुँदै छ । निर्धारित कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला र क्षेत्रीय कार्यसमितिले नयाँ र नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो । हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता काँग्रेसको सफ्टवेयरमा हाल्ने क्रम सुरु भएको छ ।

सबै जिल्लाले क्रियाशील सदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस