खोप निर्यातमा भारतले लगायो अस्थायी रोक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खोप निर्यातमा भारतले लगायो अस्थायी रोक


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण बढिरहेका बेला भारतले खोप निर्यातमा अस्थायी रोक लगाएको छ ।

सङ्क्रमितको सङ्ख्या बढिरहेकाले घरेलु माग बढ्ने भन्दै अक्सफोर्ड–आस्ट्राजेनिका खोपका सबै निर्यातमाथि रोक लगाएको भारतको विदेशमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसले कोभ्याक्स योजना अन्तर्गत रहेका करिब १९० देशलाई असर गर्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

भारतले हालसम्म ७६ देशमा ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । जसमध्ये सबै भन्दा धेरै अक्सफोर्ड–आस्ट्राजेनेकाकै खोप रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस