घरमा राख्नका लागि मात्र राहदानी नवीकरण नगर्न परिपत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घरमा राख्नका लागि मात्र राहदानी नवीकरण नगर्न परिपत्र


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । राहदानी विभागले बनाएर घरमा राख्नको लागि मात्र हालको मेसिन रिडेबल राहदानी नबनाउन अनुरोध गरेको छ ।

विभागले बुधवार एक सूचना जारी गर्दै निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहजानी जारी हुने हुँदा अत्यावश्यक भएको अवस्थामा बाहेक राहजानी बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी(एमआरपी) नबनाउन भनेको हो ।

धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्तो परिपत्र गरेको हो ।

चालक अनुमति पत्र जस्तै म्याद नसकिँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउने सकिने भएकाले तत्काल नवीकरण गर्न जरुरी नभएको विभागले जनाएको छ ।

विभागले यस्तो परिपत्र गरे लगत्तै कतिपय जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै राहदानी नवीकरण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधवार एक सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस