काठमाडौँमा मास्क नलगाउनेलाई कारबाही « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा मास्क नलगाउनेलाई कारबाही


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो ।

कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी मुलुक भारतमासमेत कोभिड-१९ संक्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने उल्लेख गरेको छ ।

जोखिमलाई न्यूनिकरण गर्न सार्वजनिक स्थलमा भिडभाड नगर्न, होली घरमै मनाउन, सार्वजजिक स्थानमा मास्क, स्यानिटाजर र सामाजिकरभौतिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सार्वजनिक स्थानमा मास्कको प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई संक्रमक रोग ऐन, २०२० बमोमिक कारबाही गरिने कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस