चैत १५ गते मेलम्चीको पानी काठमाडौँमा वितरण गर्छौँ : प्रधानमन्‍त्री ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चैत १५ गते मेलम्चीको पानी काठमाडौँमा वितरण गर्छौँ : प्रधानमन्‍त्री ओली


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ४ दिनमा (चैत्र १५ गते) काठमाडौँमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत प्रष्ट पारेका छन् ।

‘अब चार दिनपछि हामी काठमाडौँमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गरे । उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । सँगै ओलीले सरकारले सडकलाई बालबालिका र सडक मानवमुक्त बनाएकोसमेत दोहोर्याएका छन् ।

सरकारले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै उनले नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दाबी गरे । संसदमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको उल्लेख गर्दै उनले त्यसलाई ५० प्रतिशत पुर्याउने उद्घोषसमेत गरेका छन् ।

सरकारले विकास र निर्माणमा धेरै प्रगति गरेको दाबी गर्दै ओलीले दुई वर्षमै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा हुने बताएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस