बारामा मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारामा मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।

डीसीसीएमसीको मंगलबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा (होली)मा भिडभाड नगर्न भनेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस